काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त रहेका छन् ।
निर्धन उत्थान लघुवित्तले १९ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८सय ३४ दशमलव ४५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ९३ रुपैयाँमा भएको थियो ।
त्यस्तै, इन्फिनिटी लघुवित्तले २० प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८सय ३१ दशमलव ६७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ९८ रुपैयाँमा भएको थियो ।