images
images

हेटौँडा सिमेन्ट उद्योग बन्द, यस्तो छ कारण


  • 318
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    हेटौँडा सिमेन्ट उद्योग बन्द, यस्तो छ कारण

    काठमाडौं ।  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कोइलाको अभावका कारण उक्त उद्योग बन्द भएको हो । 

    उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।

    उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले राससलाई जानकारी दिए । 

    उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिए । सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।


    images
    images

    Logo