images
images

भ्रष्टाचार गर्न मन्त्री भएको होइन : पाण्डे


  • 223
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    भ्रष्टाचार गर्न मन्त्री भएको होइन : पाण्डे

    काठमाडौं । सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भनेका छन् । भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए । 

    “मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ”, उनले भने, “मलाई देशको माया र जनताको आशीर्वाद छ ।” उनले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए । यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उनको भनाइ छ । 

    “विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ”, उनले भने । मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए । 

    राप्रपा उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए । उनले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गरे । पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उनको भनाइ छ ।


    images
    images

    Logo