images
images

सरकारले गर्यो आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घट्यो 


  • 324
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    सरकारले गर्यो आर्थिक वर्षको बजेट संशोधन, २ खर्ब ४४ अर्ब घट्यो 

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार  २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरले घटाएको हो ।

     उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका हुन् ।चालु आर्थिकमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ  बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ  कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

    चालु खर्चतर्फ १ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ  बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोड रुपैयाँमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८६.३७ प्रतिशत बराबर हो । त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ  बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँ मा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

    वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ  बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर  २ खर्ब १४ अर्ब २१ करोड रुपैयाँ मा झारिएको छ । जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत बराबर हो । सैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

    १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेको छ । जसमा अनुमान गरिएको खर्चको स्रोत व्यहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड ३ लाख रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ रहेको छ । 

    २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण गरी कुल ४ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिइने उल्लेख गरेको थियो ।


    images
    images

    Logo