काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा ग्लोवल आइएमई बैंक र नेशनल लाइर्फ इस्योरेन्सको रहेका छन् । आइतबार ग्लोवल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७ सय २६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ ।
त्यस्तै, नेशनल लाइर्फ इस्योरेन्सको १५ प्रतिशत बोनस वापतको ६० लाख ५२ हजार ७ सय ३७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । दुवै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ।