काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ६०.७७ अंकले घटेर २१२१.८६ विन्दुमा पुगेको छ । सााताको पहिलो दिन नेप्सेमा ८१ लाख ३९ हजार ८ सय ४० कित्ता शेयर ३ अर्ब ४ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बिहिबार नेप्सेमा २ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १५ कम्पनीमध्ये ८ को शेयरमूल्य बढेको र २ सय ७ कम्पनीको शेयरमूल्य घटेको छ । १३ मा १३ वटै उपसमूहको सूचक घटेको छ ।
नेप्सेका अनुसार आज कारोवारमा आएका एउटा पनि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्न सकेन ।
आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार ङादी ग्रुप पावर लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार हिमालयन डिस्टिलरीको रहेको छ ।