images
images

७ महिनामा पूँजीगत खर्च १७ प्रतिशत मात्रै


  • 293
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    ७ महिनामा पूँजीगत खर्च १७ प्रतिशत मात्रै

    काठमाडौं । चालुआर्थिक बर्षको ७ महिनामा पुँजीगत खर्च १७ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ २९ सम्म ६५ अर्ब ५६ करोड रुपैयाँ मात्रै खर्च भएको छ।  यो कुल विनियोजित बजेटको १७.२४  प्रतिशत हो । यो वर्ष सरकारले कुल  ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । 

    महालेखाको तथ्यांक अनुसार आर्थिक बर्षको सात महिनासम्म कुल ५ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठेको छ। यो भनेको कुल लक्ष्यको ३६.४९ प्रतिशत मात्रै हो। चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो ।

    हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर वैदेशिक अनुदान सरकारले लिएको छ । यस्तै सरकारले माघ २८ गतेसम्ममा ४४.६९ प्रतिशत चालु खर्च र २९.९५ प्रतिशत वित्तीय खर्च गरेको छ।

     

     


    images
    images

    Logo