images
images

आधा किलो सुनसहित दुई जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ


  • 314
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    आधा किलो सुनसहित दुई जना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले आधा किलो सुनसहित २ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थलको आगमन टनेल गेट नजिकैबाट ५ सय ग्राम सुन सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको जनाएको हो । 

    पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् । ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन नियन्त्रणमा लिइएको छ ।

    उक्त सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo