काठमाडौं । सिनर्जी पावरको विशेष साधारण सभा रद्द भएको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो । उक्त हकप्रद निष्काशनको प्रस्ताव १५ औं वार्षिक साधारण सभाबाट पारित भइसकेकोले फेरि विशेष साधारणसभा बाट पुनः निर्णय गर्नु नपर्ने भएकाले उक्त सभा रद्द गरिएको कम्पनीले जनाएको छ ।