काठमाडौं । शेयर बजार खुलेको आधा घण्टामा ४१ अंकले नेप्से घटेको छ । मौद्रिक नीतिको पहिलो समीक्षाले शेयर बजार अनुकूल नीति सार्वजनिक गर्ने अपेक्षामा बसेका लगानीकर्तालाई राष्ट्र ब्यांकले गत शुक्रबार जारी गरेको समीक्षाले निराश बनाएको छ। शेयर बजार खेलेको आधाघण्टामा मौद्रिक नीतिको समीक्षा आएपछि शेयर बजार परिसूचक नेप्से ४१.४८ अंकले घटेर २ हजार १ सय ४० दशमलव १२ विन्दुमा पुगेको छ । समीक्षामार्फत सीधै सेयर बजारलाई सम्बोधन त गरेको थिएन् ।
आइतबार ७ कम्पनीको शेयर मूलय बढेको छ भने १ सय ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको थियाे । २ सय २४ स्क्रिपको ६१ कराेड ३४ लाख रुपैयाँ बराबरकाे १५ लाख ५६ हजार कित्ता शेयर किनबेच भएकाे छ ।