images
images

दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि 


  • 258
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    दोल्ती पावरको आईपीओ फागुन ८ गतेदेखि 

    काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ फागुन ८ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। 

    कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ दरका ५ लाख ३६ हजार ४ सय ८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    त्यस्तै १ लाख ७ हजार २ सय ९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ । 

    सो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि  छिटोमा  फागुन २५ गते र ढिलोमा  चैत ७ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

     

     


    images
    images

    Logo