काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।
शुक्तवार प्रतितोला १३ सयले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।