images
images

२ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का


  • 637
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    २ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । आइतवार नेप्सेले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो । 

    मर्जर सम्झौता गरेसँगै यी २ कम्पनीकोे शेयर कारोबार रोक्का भएको छ । शुक्रवार दुबै कम्पनी बिच मर्जर सम्झौता भएको थियो । 

    उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट संचालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । दुबै कम्पनी १ः१ को अनुपातमा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको कम्पनीले जनाएको छ । 

    नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि १ प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ । 

     


    images
    images

    Logo