images
images

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि सञ्जय साई स्कुललाई


  • 1.3K
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    सूर्यविनायक राष्ट्रपति रनिङ शिल्डको उपाधि सञ्जय साई स्कुललाई

    भक्तपुर । प्रथम सूर्यविनायक नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सञ्जय साई विद्या मन्दिर स्कुलले जितेको छ । सूर्यविनायक नगरपालिका ४ स्थित मोर्डन स्कुलमा आयोजित प्रतियोगितामा जित हात पार्दै सञ्जय साई स्कुलले १० हजार रुपैयाँ सहित शिल्ड हात पारेको छ ।

    नगर प्रमुख बासुदेव थापाले विद्यालयलाई नगद पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए । त्यसैगरि प्रतियोगिताका विभिन्न १३ विधाका विजेता खेलाडी   तथा उपाधि विजेता विद्यालयलाई नगरप्रमुख थापाले शिल्ड, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । 

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव थापाले खेलमा बिजयी टिमलाई बधाई दिदै जित्न नसक्ने टिमले यसबाट पाठ सिकेर आगामी दिनमा बिजयी हुन प्रत्यत्न गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले विकास निर्माणका साथ साथै खेलकुदलाई पनि प्राथमिकता दिएको बताउँदै  प्रमुख थापाले आगामि दिनमा पनि खेलकुदमा जोड दिने बताए । 

    समापन समारोहमा खेल आयोजक समितिका संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, विभिन्न वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा नगरभित्रका २४ विद्यालयका ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।


    images
    images

    Logo