भक्तपुर । मेट्रो अटो सेण्टरले परोपकारी संस्था मानव कल्याण समाजलाई ७५ हजार रूपैयाँ सहयोग गरेको छ । होण्डा मोटरसाईकल तथा स्कुटरको अधिकृत बिक्रेता सेण्टरको दशौं बार्षिकोत्सबका अवसरमा गठ्ठाघरमा आयोजित कार्यक्रममा मेट्रो अटो सेण्टरको तर्फबाट २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीका तर्फबाट ५० हजार रूपैयाँ उपलब्ध गराइएको हो ।
सो सहयोग पुर्व उद्योगमन्त्री महेश बस्नेत, स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योती र स्याकारका बरिष्ठ जनरल म्यानेजर सोहन बहादुर श्रेष्ठले समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री बस्नेतले व्यवसायीका समस्या समाधानमा आफुले बिगत देखिनै सहयोग गर्दे आएको र आगामी दिनमा पनि समस्या समाधान गर्न पहल गर्ने बताएका थिए ।
स्याकार ट्रेडिङ्गका अध्यक्ष सौरभ ज्योतीले राजनीतिक स्थिरता बिना उद्योग व्यवसाय क्षेत्रको बिकास र समृद्धि कठिन भएको बताएका थिए ।
कार्यक्रममा उदयपुर सिमेण्ट उधोगका महाप्रबन्धक गोपी न्यौपाने, युवा उद्यमी नरेश रञ्जित लगायतले मेट्रो अटो सेण्टरको निरन्तर प्रगतिको कामना गरेका थिए।
मेट्रो अटो सेण्टर गठ्ठाघरका निर्देशक मिलन सिग्देलले दश बर्षे सफलताको अभियानमा सहयोग पुर्याउने सम्पुर्ण ग्राहक तथा भक्तपुरबासीमा ध्न्यवाद ज्ञापन गरेका थिए । अटो सेण्टरकी सञ्चालक शारदा न्यौपानेले आगामाी दिनमा पनि सबैमा सहकार्य र सहयोगको लागि अनुरोध गरेकी थिइन ।
सेन्टरले दश बर्षको सफल कार्यकालको अवसरमा होण्डा मोटरसाईकल तथा स्कुटर खरिदमा ५ हजार नगद छुट र सर्भिस लेवर चार्जमा २५ प्रतिशत छुटको घोषणा गर्दै आकर्षक उपहार बितरण गरेको जनाएको छ ।



