images
images

राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै डाक्कटरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित 


  • 315
    SHARES
  • २०७९ माघ २८ गते शनिबार

    राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै डाक्कटरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित 

    काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । 

    गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत छन् । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गर्दा गम्भीर घाइते भएका थिए । 

    स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीले उनीमाथि लाठी चार्ज गरेको थियो ।

    शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।


    images
    images

    Logo