images
images

जिल्लामै पहिलो विद्युतीय चार्जिङ स्टेसन


  • 359
    SHARES
  • २०७९ माघ २८ गते शनिबार

    जिल्लामै पहिलो विद्युतीय चार्जिङ स्टेसन

    काठमाडौं । हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ ।नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना हुन थालेका छन् ।

    एक पटकमा ४ वटा सवारीसाधन चार्ज गर्न सकिने गरी दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए । उनका अनुसार दुई वटा विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि १ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ । “एउटा गाडि चार्ज हुन करिब तीन घन्टा लाग्छ”, उनले भने ।

    चार्जिङ स्टेसन स्थापनापछि विद्युतीय सवारी पूर्णरुपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुनबाट बचाउन सहज हुने उनले बताए ।

    हरिवन नगरपालिका–११ का भरतप्रसाद उप्रेतीले परम्परागत इन्धनबाट वातावरणमा हुने प्रदूषणले पार्ने नकारात्मक असर तथा इन्धनको मूल्यमा देखिएको उतारचढावका कारण विद्युतीय सवारीसाधनको महत्व बढेको बताए ।

    नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्नुपर्ने भन्दै यसका लागि तीनै तहका सरकारले विद्युतीय सवारीसाधन खरिद गर्न प्राथमिकता दिनुपर्ने सारोकारवालाको भनाइ छ ।


    images
    images

    Logo