काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ८८.०९ अंकले बढेर २ हजार १ सय ८३ दशमलव ६३ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार सकारात्मक रहेसँगै नेप्सेले सो बराबरको अंक बढेको हो। यस साता बुधबार मात्र नेप्से घटेको थियो ।
यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। गत साता ३० खर्ब २२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २७ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ४९ अर्ब पुगेको छ।
साताको पहिलो दिन आइतबार १.५४ अंकले बढेर २ हजार ९६ दशमलव ०८ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ९३ करोड रुपैयाँ बराबर भएको थियो । साताको दा्स्रो दिन सोमबार ४.५७ अंकले बढेर २ हजार १ सय दशमलव ६५ विन्दुमा पुगेको थियो सो दिन १ अर्ब ४७ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो ।
त्यस्तै, साताको तेस्रो दिन मंगलबार ७६.६४ अंकले बढेर २ हजार १ सय ७७ दशमलव ३४ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ३६ करोड रुपैयाँमा कारोवार भएको थियो भने बुधबार ७.१३ अंकले घटेर २ हजार १ सय ७० दशमलव २१ अंकमा पुगेको थियो । सो दिन ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार १२.४५ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ६१ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो नेप्से बढेपनि कारोबार रकम भने गिरावट आएको थियो ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.९७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.२५ प्रतिशत बढेको छ।
यस साता नेप्सेमा दुई म्युचअल फण्डको १९ करोड ९२ लाख ५३ हजार २ सय ६० कित्ता इकाई सूचीकृत भएको छ। यस साता सानिमा ग्रोथ फण्ड र एनआईबिएल ग्रोथ फण्डको इकाई नेप्सेमा सूचीकृत भएको हो।
यस साता तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा लुम्विनी जनरल इस्योरेन्स, सगरमाथा इस्योरेन्स र ज्योति विकास बैंक रहेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत सीधै सेयर बजारलाई सम्बोधन त गरेको छैन । तर सेयर बजारमा मुख्य पक्ष ब्याजदर नै हो । तरलता सुविधाअन्तर्गत ब्याजदर घटाएर नीतिगत दरमै झारिएकाले आगामी दिनमा क्रमशः ब्याजदर सस्तो हुँदै जानेछ ।
फागुनका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय नगरे पनि विकास बैंकहरुले भने ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुले घटाएपछि अब वाणिज्य बैंकहरुलाई पनि ब्याजदर तल झार्न दबाब पर्नेछ ।



