काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको पदस्थापन गर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य अनुमति लिनुपर्ने परिपत्र गरेको छ । मन्त्रायले शुक्रबार एक सुचना जारी गर्दै मन्त्री स्तरीय निर्णयबाट विभागीय प्रमुखहरूमा खटाउँदा मन्त्रालयको सहमति अनिवार्य गरेको हो ।
मन्त्रालयको यो निर्णयसँगै अव महानिर्देशकसँगै प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दासमेत मन्त्रालयको सहमति लिनुपर्ने भएको छ । यसअघि अन्तर्गत तथा मातहतका निकायमा खटाउँदा मन्त्रालय सोझै खटाउने गरेकोमा अव भने सामान्य प्रशासन मन्त्रालयको सहमतिपछि मात्रै खटाउनु पर्ने छ ।
