काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका–६ बाख्रीगाउँमा मोटरसाइकल दुर्घटना हुँदा चालक शंकर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल, साँखुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । उनी सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो ।
यस्तै जोरपाटीमा बसको ठक्करबाट स्कुटरका चालक ओमकुमारी श्रेष्ठको मृतयु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भत्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।