काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्कटर जेनीथ सिंह माथि प्रहार गरेको छ। शुक्रवार संसद्मा सम्बोधन गरेर राष्ट्रपति फर्कने क्रममा उक्त घटना भएको हो ।
राष्ट्रपति फर्कने समयमा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डाक्कटरलाई प्रहरीले किन हिडेको भन्दै लाठी प्रहार गरेको छ । प्रहरीले गरेको प्रहारमा डाक्टरको टाउकोमा गम्भीर चोट लागेको छ ।
उक्त घटनापछि स्वास्थ्यकर्मीमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।