काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका छन् । शुक्रवार आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्नेरगाभिने सम्बन्धि प्रारम्भिक सम्झौता गरेका हुन् ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट संचालक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । दुबै कम्पनी १ः१ को अनुपातमा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको कम्पनीले जनाएको छ ।
हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने र प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ । दुबै कम्पनीले बोनश शेयरको पनि घोषणा गरिसकेका छन् । उक्त बोन वितरणपछि मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।



