काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट ४ वर्ष पुरा गरी पाचौँ वर्षमा प्रवेश गरेको छ । २०७५ माघ २७ गते स्थापना भएको सो कम्पनी आजबाट पाचौँ वर्षमा प्रवेश गरेको हो ।
स्थापनाकालदेखि नै प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रमसहितको अभियान सञ्चालन गर्दै आएको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७९÷८० को पुस मसान्तसम्ममा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा ५० प्रतिशत बढी चुक्ता पुँजी जम्मा गरेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष ६०.७ प्रतिशत, जीवन बिमा कोष ५६.४ प्रतिशत, महाविपत्ति कोष ४४.५ प्रतिशत, कर्जा लगानि २९.५ प्रतिशत, दावी भुक्तानी ३८ प्रतिशत र मुनाफा ३५.४ प्रतिशतले वृद्धि भएको छ ।
नाफाका बाबजुद महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रभु लाइफ इन्स्योरेन्स सँग मर्जर प्रक्रियामा जाँदै छ । नेपाल विद्युत प्राधिकरणको २०७९ चैत सम्ममा पुँजी वृद्धि गर्ने निर्देशनलाई पालना गर्दै कम्पनीले सो प्रक्रिया अपनाएको हो । एकीकृत कारोवारपश्चात कम्पनी प्रभु महालक्ष्मी इन्स्योरेन्स नामले रहनेछ ।



