काठमाडौं । अब कागेश्वरी मनोहरा नगरबासीले निशुल्क रगत पाउने भएका छन् । कागेश्वर मनोहरा नगरपालिका र नेपाल रेड्क्रस सोसाइटीबीच नगरबासीलाई निशुल्क रगत उपलब्ध गराइने सम्झौता भएसंगै नगरवासीले रगन निस्शुल्क पाउने भएका हुन् ।
बिहीबार नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखा र काठमाण्डौ शाखा तथा कागेश्वरी नगरपालिका बीच नगरवासीलाई रगत निःशुल्क उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतासँगै नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा नगर उपशाखाको समन्वयमा नगरपालिका भित्र बसोबास गर्ने सबैका लागि निशुल्क रुपमा रगत उपलब्ध गराइने नगर प्रमुख उपेन्द्र कार्कीले बताए ।
रगत निस्शुल्क उपलब्ध भएपनि संकलन, परिक्षण र प्याकिङको खर्चबापत रेडक्रसले रकम लिदै आएको थियो । नगर क्षेत्रका बिरामीलाई सहयोग पुगोस भन्ने उदेश्यले त्यस्तो रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराएर स्थानीयलाई सुविधा प्रदान गरिएको नगर प्रमुख कार्कीको भनाई रहेको छ ।



