images
images

कर्णाली प्रदेशमा पहिलो पटक मृर्गौला प्रत्यारोपण गरेका विरामी डिस्चार्ज


  • 295
    SHARES
  • २०७९ माघ २७ गते शुक्रबार

    कर्णाली प्रदेशमा पहिलो पटक मृर्गौला प्रत्यारोपण गरेका विरामी डिस्चार्ज

    काठमाडौं । कर्णाली प्रदेशमै पहिलो पटक मृर्गौला प्रत्यारोपण गरेका विरामी पाँच दिनमै डिस्चार्ज भएका छन् । सुर्खेत प्रदेशिक अस्पतालमा माघ २१ गते मृर्गौला प्रत्यारोपण गरेका बिरामी माघ २६ गते डिस्चार्ज भएका हुन् । 

    यसअघि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा मृगौला प्रत्यारोपण गर्न राजधानीस्थित भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुग्नु पर्ने बाध्यता थियो, कर्णालीवासीमा । यसपटक सोहि प्रत्यारोपण केन्द्रका कार्यंकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ नेतृत्वको टोली सुर्खेत आएर मृर्गौला प्रत्यारोपण गरेको हो । 
    कर्णाली प्रदेशमै पहिलो पटक गरिएको प्रत्यारोपणको नेतृत्व शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठ, सुर्खेत प्रदेशिक अस्पतालका निर्देशक डा। डम्बर खड्का तथा डा। गणेश थापाले गरेका थिए । प्रत्यारोपणमा एक दर्जन चिकित्सक तथा नर्सको सहभागिता रहेको बताइएको छ ।  

    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको मृगौला प्रत्यारोपण कार्यलाई सातै प्रदेशसम्म बिस्तार गर्ने चालु वर्षको निति तथा कार्यक्रममा उल्लेख भएको थियो । सोहि कार्यक्रम बमोजिम प्रत्यारोपण सेवा प्रदेशमा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष पहलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ टोलिले माघ २१ सुर्खेत प्रादेशिक अस्पतालमा निः शुल्क मृगौला प्रत्यारोपण सेवा संचालन गर्न सहयोग गरेको हो । 

    प्रदेश अस्पताल सुर्खेतमा भएको प्रत्यारोपण कार्यलाई सफल तुल्याउन स्वास्थ्य सचिव देब कुमारी गुरागाई उपस्थित भएकी थिइन । त्यसैगरी आफ्नै प्रदेशमा मृगौला प्रत्यारोपण हुने भएपछि नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधी सभा सदस्य पुर्ण बहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री टेकराज पछाई लगायतका विशिष्ट व्यक्तीहरु अस्पतालमा उपस्थित भई विरामी तथा मृगौला दान गर्नेको स्वास्थ्य अवस्था बुझ्नुका साथै शल्यक्रिया गर्ने टिमको हौसला बढाएका थिए ।

    पहिलो पटक मृगौला प्रत्यारोपण भएपछि स्थानीयमा उत्साह छाएपनि यो कार्यले निरन्तरता पाउँनेमा आशंका व्यक्त गरेका छन् । प्रत्यारोपण केन्द्रले भने प्रदेश सरकार तथा  केन्द्रको सहयोग र साथ मिले प्रत्यारोपणलाई निरन्तरता दिने जनाएको छ । त्यसको लागि अतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि केन्द्रमा थप तालिममा पठाउने योजना वनाएको केन्द्रका कार्यकारी निर्देशक डा।पुकार चन्द्र श्रेष्ठले बताए । 

    केन्द्रले मृगौला विरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रुपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा सेवा शुरु गर्न प्राविधिक सहयोग गरेको बताउँदै श्रेष्ठले स्थानीय आवश्वकता अनुसार आगामी दिनमा पनि प्रदेश अस्पतालमा कार्यरत कर्मचारी प्रत्यारोपण कार्यमा सक्षम हुने समयसम्म केन्द्रको सहयोगलाई निरन्तरता दिने बताए ।


    images
    images

    Logo