काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदैछ । शुक्रवार सिन्धु विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र अरुण भ्याली हाइड्रोपावर साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा सिन्धु विकास बैंकले होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ९ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले आईपीओ जारी गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गुहेश्वरी भवन, ललितपुरमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा कम्पनीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकको निर्वाचन गर्ने लगायतका रहेका छन् ।
त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा कम्पनीले प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, बुदुमखोला जलविद्युत आयोजना (१४.५० मेगावाट) को ऋण स्वीकृत गर्ने सम्बन्धमा छलफल गर्ने लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।



