images
images

शुभम पावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ? 


  • 456
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    शुभम पावरको आईपीओ बाँडफाँटको मिति तोकियो, कति जनाले पाउँछन् ? 

    काठमाडौं । शुभम पावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको हो । आइपीओ बाँडफाँडको समय भने तय हुन बाँकी रहेको विक्री प्रबन्धकले जनाएको छ । 

    सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो।

     यसमा १३ लाख ६० हजार ९७ जनाले कुल १ करोड ५० लाख ७३ हजार ६ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४८ हजार १ सय ८८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ११ हजार ९ सय ९ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।   
     
    कम्पनीले कुल ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६ सय १० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।  



    images
    images

    Logo