images
images

तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 333
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    तीन कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा लुम्विनी जनरल इस्योरेन्स, सगरमाथा इस्योरेन्स र ज्योति विकास बैंक रहेका छन् । 

    लुम्विनी जनरल इस्योरेन्सले ६.९९ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय २१ दशमलव ८३ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ५ सय ६९ रुपैयाँमा भएको थियो ।

    सगरमाथा इस्योरेन्सले १२.४० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ११ दशमलव ५७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ९९ दशमलव ८० रुपैयाँमा भएको थियो ।

    त्यस्तै, ज्योति विकास बैंकले ३ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६ दशमलव ८० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय १६ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo