images
images

१२ अंकले बढ्यो नेप्से, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 


  • 365
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    १२ अंकले बढ्यो नेप्से, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४५ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ६१ विन्दुमा पुगेको छ । २ सय ५७ स्क्रिपको २ अर्ब ६ करोड रुपैयाँ बराबरको ५६ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको अीन्तम दिन विहीबार १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ । ५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छयस दिन कारोबारमा आएका १३ उपसमूहमा म्युचुअल फण्डबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। 

    आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ५ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    विहीबार एक कम्पनीको शेयर मुलयमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा बाराही हाइड्रोपावर रहेको छ ।  विजय लघुवित्त वित्तीय संस्थाको ५.९२ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर कम्पनीको ५ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo