images
images

नेप्सेले गर्यो विजय लघुवित्तको शेयर कारोबार रोक्का


  • 267
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    नेप्सेले गर्यो विजय लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विजय लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले विहीबार विजय लघुवित्तको शेयर कारोवार रोक्का राखेको हो ।  

    कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले माघ १० गते सञ्चालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो । 

    साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ । लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६  प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

     


    images
    images

    Logo