images
images

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 675
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार लुम्बिीनी जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र ज्योति विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि इन्स्योरेन्स कम्पनीहरुले माघ २७ गते र ज्योति विकास बैंकले माघ २९ गते आइतवार बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ माघ २६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    लुम्बिीनी जनरल इन्स्योरेन्सले फागुन ११ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस्तै, सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.६५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन ११ गते साधारणसभा बोलाएको छ। 

    ज्योति विकास बैंकको चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन १४ गते साधारणसभा बोलाएको छ। 

    यस अनुसार माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo