काठमाडौं । मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । हाइड्रोपावरको आईपीओ बिहीबार (माघ २६ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको हाे ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८ सय १० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ९९ हजार २ सय जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी ११ लाख ९८ हजार ५ सय २३ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यो मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।



