images
images

शेयर बजारको सुधार टिकेन, ७ अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार 


  • 328
    SHARES
  • २०७९ माघ २५ गते बुधबार

    शेयर बजारको सुधार टिकेन, ७ अंकले नेप्से घट्दा साढे ३ अर्बको कारोबार 

    काठमाडौं । मंगलबार ७६ अंकले बढेको सेयर बजार बुधबार पुनः आज ओरालो लागेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अंकले घटेर २ हजार १ सय ७० दशमलव २१ अंकमा पुगेको छ । २ सय ५७ स्क्रिपको ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्से परिसुचक घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँमा बराबरको शेयर कारोबार भएको थियो । बुधबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ४२ कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    यस दिन १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ। 

    आज आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज तेह्रथम पावर कम्पनीको ३.३२ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको ३.०८ प्रतिशतले बढेको छ । 

     

     

     


    images
    images

    Logo