काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन नेप्सेमा ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता शेयर ३ अर्ब ३६ करोड रुपैयाँमा कारोवार भएको हो । सोमबार नेप्सेमा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो ।
आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये २ सय १५ कम्पनीको शेयरमूल्य बढेको र १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । १३ मा १३ वटै उपसमूहको सूचक बढेको छ ।
नेप्सेका अनुसार आज कारोवारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुुवित्त वित्तिय संस्था रहेका छन् ।
आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार ङादी ग्रुप पावर लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार एनआईसी एशिया बैंकको रहेको छ ।



