images
images

सामान्य अंकले नेप्से बढेपनि कारोवार रकम घट्यो


  • 283
    SHARES
  • २०७९ माघ २३ गते सोमबार

    सामान्य अंकले नेप्से बढेपनि कारोवार रकम घट्यो

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन नेप्सेमा ३९ लाख २२ हजार २ सय १६ कित्ता शेयर १ अर्ब ४७ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । आइतबार नेप्सेमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये १ सय ४ को शेयरमूल्य बढेको, ९५ को घटेको र १७ को स्थिर रहेको छ । १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ भने ५ को सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएको एउटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । 

    आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार युनिभर्सल पावर कम्पनीको भएको छ भने धेरै रकमको कारोवार एनआईसी एशिया बैंकको रहेको छ । 


    images
    images

    Logo