images
images

१०८ कम्पनीको शेयरमूल्य बढ्दा झिनो अंकले बढ्यो नेप्से


  • 313
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    १०८ कम्पनीको शेयरमूल्य बढ्दा झिनो अंकले बढ्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा ५२ लाख ६ हजार ३ सय ७० कित्ता शेयर १ अर्ब ९३ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बिहिबार नेप्सेमा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २१६ कम्पनीमध्ये १०८ को शेयरमूल्य बढेको, १०१ को घटेको र ७ को स्थिर रहेको छ । १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ भने ५ को सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । 

    आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार कुमारी बैंक लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार नेपाल लाईफ इन्स्योरेन्सको रहेको छ । 


    images
    images

    Logo