काठमाडौं । शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ८१ हजार ८ सय २२ कित्ता शेयर निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आवेदन नदिएको शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६ सय १० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।
उक्त निष्काशनमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



