काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ आजदेखि खुला गरेको हो ।
लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ पछि कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्नेछ