काठमाडौं । यस साता ८८ अंकले घटेको छ । नेप्से परिसूचक ४.०६ प्रतिशत अर्थात ८८.६७ अंक घटेर २ हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन सामान्य अंकले बढेको थियो ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४ प्रतिशत घटेको छ। गत साता ३१ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २७ अर्ब रुपैयाँ घटेर ३० खर्ब २२ अर्बमा झरेको छ।
साताको पहिलो दिन आइतबार १४.६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलव ५३ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब १ करोड रुपैयाँ बराबरमा कारोवार भएकोथियो ।
त्यस्तै, साताको दोस्रो दिन ४१.०१ अंकले घटेर २ हजार १ सय २७ दशमलव ५२ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ३० करोड बराबर रुपैयाँमा शेयर कारोबार भएको थियो । सो दिन नेप्से घटेपनि कारोबार रकम भने सामान्य बेको थियो । साताको तेस्रो दिन मंगलबार १५.७४ अंकले घटेर २ हजार १ सय ११ दशमलव ६३ विन्दुमा पुगेको थियो । मंगलबार २ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोरबार शेयर कारोबार भएको थियो । सो दिन नेप्से परिसुचक सँगै कारोबार रकमपनि गिरावट आएको थियो ।
बुधबार ४.९७ अंकले घटेर २ हजार १ सय १६ दशमलव ६५ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ७६ करोड बराबर रुपैयाँमा कारोबार भएको थियो । बुधबार नेप्से परिसुचक बढेपनि कारोबार रकम भने बढ्न सकेको थिएन् ।
त्यस्तै, साताको अन्तिम दिन विहीबार २२.१२ अंकले घटेर २ हजार ९४ दशमलव ५४ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ९ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो । यस दिन नेप्सेपरिसुचक घटेपनि कारोबार रकम भने बढेको थियो ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ७.२५ प्रतिशत घटेको छ। यस साता सबैभन्दा कम उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.१६ प्रतिशत घटेको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४२२.६६ अंक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४२ अंक घटेको छ।
यस साता नेप्सेमा ४ कम्पनीको १ करोड ५१ लाख ४६ हजार ५ सय ५६ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सिभिल बैंक, किसान लघुवित्त वित्तीय संस्था र नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो भने हिमालयन बैंकको ऋणपत्र सूचीकृत भएको हो।



