काठमाडौं । आज (अर्थात्) शुक्रबारसम्ममा शुभम् पावरको आईपीओमा ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्किलयरिङ लिमिटेडका अनुसार ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।
सर्वसाधारणलाई निष्काशन गरेको शेयरको १८.६४ गुणा बढी हो । कम्पनीको आइपीओमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजीको २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बरारबको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता शेयर सहित ५ लाख ८० हजार ५८ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशत अर्थात ११ हजार ६ सय १० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीको आईपीओमा इच्छुक व्यक्तिले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।



