काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले आईपीओ निष्काशनको लागि माघ १९ गते अनुमति पाएको हो ।
कम्पनीले कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनी आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने लागेकाे हाे । कम्पनीले आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।