काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङको शेयर मूल्य समायोजन भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङले ६.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ४२ दशमलव ७२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ६५ रुपैयाँमा भएको थियो ।