images
images

२२ अंकले घट्यो नेप्से, १९ कम्पनीको शेयरमूल्य बढ्दा २ अर्ब माथिको कारोवार


  • 322
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    २२ अंकले घट्यो नेप्से, १९ कम्पनीको शेयरमूल्य बढ्दा २ अर्ब माथिको कारोवार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ५८ लाख ९८ हजार ९ सय ३ कित्ता शेयर २ अर्ब ९ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बुधवार नेप्सेमा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २ सय १६ कम्पनीमध्ये १९ को शेयरमूल्य बढेको १ सय ९४ को घटेको र ३ को स्थिर रहेको छ । १३ उपसमूहमा १३ वटाकै सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज एउटा कम्पनीको कारोवारमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । 

    आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार र धेरै रकमको कारोवार स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । 


    images
    images

    Logo