images
images

पीएलओले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त 


  • 317
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    पीएलओले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त 

    काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल (पीएलओ) लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा  प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्त सम्बन्धी सम्झौता वुधबार सम्पन्न भयो । सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

    सुन्दरहरैचा ९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारी आवद्ध छन् । कम्पनीले पीएलओ ब्राण्डका ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

     


    images
    images

    Logo