images
images

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर ?


  • 376
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट सम्पन्न, कति जनाले पाए शेयर ?

    काठमाडौं । कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिहीवार इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो । 

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले शेयर वितरण गरिएको छ ।

    कम्पनीको आईपीओमा कुल १४ लाख ७३ हजार ९ सय ६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ता शेयरको लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार २ सय ६ आवेदकहरुको आवेदन रद्ध भएको छ ।  बाँकी १४ लाख ६५ हजार ७ सय ६३ जना योग्य आवेदकहरुमध्ये ८९ हजार ६ सय ४० जना आवेदकलाई ८ करोड ९६ लाख ४ सय कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो सो आईपीआ आज बाँडफँट गरिएको हो । 

     


    images
    images

    Logo