काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माद्ध ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५ सय कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको थियो।
त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका १ र २, मेरिङदेन गाउँपालिका २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाका लागि १९ लाख ९९ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।



