images
images

नेप्सेमा स्थिर हुँदा कारोबार रकममा भारी गिरावट


  • 269
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    नेप्सेमा स्थिर हुँदा कारोबार रकममा भारी गिरावट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४.९७ अंकले घटेर २११६.६५ विन्दुमा पुगेको छ । बुधवार नेप्सेमा ५० लाख २४ हजार ३ सय ८१ कित्ता शेयर १ अर्ब ७६ करोड बराबर रुपैयाँमा कारोबार भएको हो । मंगलवार नेप्सेमा २ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । 

    आज कारोबारमा आएका २१६ कम्पनीमध्ये ११० को शेयरमूल्य बढेको, ९३ को घटेको र १३ को स्थिर रहेको छ । १३ मध्ये ८ उपसमूहको सूचक बढेको छ भने ५ को सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोबारमा आएका मध्ये एउटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । 

    आज सबैभन्दा धेरै कित्ता शेयर र धेरै रकमको शेयर कारोबार नेपाल बैंक लिमिटेडको रहेको छ । 


    images
    images

    Logo