काठमाडौं । हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । वुधबार बैंकको २५ लाख इकाइ ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ नामक ऋणपत्र ‘एचबिएलडि८६’ सिम्बोलबाट सूचीकृत भएको हो ।
७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको हिमालयन बैंकको १००० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
उक्त ऋणपत्र नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।