काठमाडौं । शुभम पावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ८१ हजार ८ सय २२ कित्ता शेयर आजदेखि निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आवेदन नदिएको शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६ सय १० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ ।
उक्त निष्काशनमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यस्तो निष्काशन बन्द छिटोमा माघ २२ गतेहुनेछ भने ढिलोमा फागुन ३ गतेसम्म हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।



