काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा रिडी पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।
रिडी पावर कम्पनीले ४० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ८५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५० रुपैयाँमा भएको थियो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ८ दशमलव ३३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ३३ रुपैयाँमा भएको थियो ।